
सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा नमस्कार,
यहाँहरु सम्पूर्णको साथ र सहयोगको निम्ति हार्दिक आभार ज्ञापन गर्दछु।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वयन परिषदको १० औं अधिबेशनले मलाई सर्वसम्मत अध्यक्ष पदमा निर्विरोध निर्वाचित गर्नु भएकोमा सम्पूर्ण गैर आवासीय नेपालीहरुमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछु । सर्वप्रथम यस अभियानलाई सुरुवात देखि यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने ९ औं कार्य समितिका प्रमुख संरक्षक एवं पुर्व अध्यक्ष आदरणीय शेष घले ज्यू, संस्थाका सम्पूर्ण संस्थापक अग्रजज्यूहरु,सम्पूर्ण संरक्षकज्यूहरु,सम्पूर्ण सल्लाकार,तथा मानर्थ सदस्यहरु,संस्थालाई यहाँ सम्म पुर्याउन अतुलनिय योगदान पुर्याउनु हुने आदरणीय सम्पूर्ण
अग्रजहरु,निवर्तमान उपाध्यक्ष आदरणीय सोनाम लामाज्यू, संस्थाका सल्लाकार आदरणीय जमुना गुरुङ ज्यू, सम्पूर्ण एनसिसिहरु,हाम्रो कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग गर्नु हुने सम्पूर्ण सहयोगि महानुभाव लगायत सम्पुर्ण अग्रजहरु साथै निर्वाचन कमिटी लाई बिशेष धन्यवाद ज्ञापन गर्दछु।अहिले एनआरएनए अभियान विषम परिस्थितिमा रहेको हुदा म आफु संबेदनशील भई संस्थाको बिधि र बिधानमा रहेर सबैलाई समेटेर लैजाने जानकारी गराउदै सम्पूर्ण गैरआवासीय नेपाली आभियानमा आबद्ध महानुभावहरु लाई संस्थालाई आम गैरआवासिय नेपालीहरुको आसा एवं विश्वाशको साझा धरोहर बनाएर एकजुट भई जाऔं भन्ने आह्वान गर्दछु।
जय एनआरएनए !!!
यो कार्यकाल सफल बनाउन सहयोगको आह्वान सहित,
बिनोद कुँवर
गैर आवासीय नेपाली संघ,
अन्तराष्ट्रिय समन्वयन परिषद अध्यक्ष
स्रोत फेसबुक वाल बाट
फेसबुकबाट तपाइको प्रतिक्रिया