![](https://i0.wp.com/nepallinknews.com/wp-content/uploads/2022/02/pfizer_vaccine-corona.jpg?fit=700%2C400&ssl=1)
काठमाडौँ – अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो ।
थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।
अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया