जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका छन् ।
आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’,
‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’
प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग मागेको र माधवकुमार नेपालले भर्खर नयाँ पार्टी बनाएको छु भनेकाले माओवादीले सहयोग गरेको उनको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई भनेका छौं, उहाँ सहमति पनि हुनुहुन्छ ।’
फेसबुकबाट तपाइको प्रतिक्रिया