सुवास थापा:
नैकाप: बागमति प्रदेश आफ्नो जन्मघर बताउने सुवास थापा २०५३ सालमा जन्मेका हुन्।बाल्यकाल देखिनै निडर र सहयोगी स्वभावका भए पनि बुझ्ने उमेरदेखि नै अन्याह र अत्यचारको बिरुद्धमा आवाज उठाउदै अग्रसर भयर लागि पर्ने थापा सत्यको वकालतलाई आफ्नो ब्राण्ड संझन्छन्।
घरपरिवार सबै नेकपा एमाले भयरपनि होला उनि सानै उमेरदेखी एमाले प्रति झुकाप भयको बताउछन |
पार्टी अध्यक्ष केपी शर्मा ओलि उनको रोल मोडल भयको उनि बताउछन| राजनेता बाट आफुले ब्यक्तिगत जिवन परिवर्तन गर्न र समाजिक अभियान्ता बन्न प्रेरित भएको उनि निर्धक्क बताउछन्।
बिधार्थी जिवनमा पनि निकै सक्किय रुपमा अनेरास्ववियुमा आबद्ध रहेर पटक पटक सरकारको गलत कदमको बिरुद्ध सडकमा उत्री चर्को बिरोध गरेको अनुभब भएको उनी बताउछन| थापा २०७१ सालमा बिधिवत रुपमा नेकपा एमाले पार्टी प्रवेश गरेका हुन्।जापानको ओकिनावामा थप अध्ययनको लागि प्रवेश संगै कुनै पनि संस्थाले विद्यार्थीले पाएको दु:ख हरुलाई समाधान तर्फ अग्रसर नभएको देखेपछी उनि आफै अग्रसर हुदै आवज उठाउने मध्येमा पर्छन्। कसरी यस्तो नेपालको ठूलो दलको भातृसंगठनको प्रवास कमिटिमा सचिवको जिम्वेवारी पाउनु भयो त ? भन्ने हाम्रो प्रश्नमा उहाको सरल उत्तर थियो कि “म सत्यलाई सधै सत्य भन्छु र अन्याहका बिरुद्ध सधै आवाज उठाई रहन्छु”। सरल स्वभाव ,हार्दिकता संगै आत्मियतामा बडि रमाउने थापा हाल ओएनएफ ओकिनावा कमिटिको सचिवको जिम्वेवारी सम्हालेका छन्। पाटि फुट भएको आंशिक असर कतै कता परेपनि सबै मुलघरमै फर्कने अभियान चलेको उनको धारणा छ। थापाको सचिवको भुमिकाले कमिटिले उल्लेखनिय गति लिएको संयोजक मिलन केसी बताउछन्।हाम्रो सामु ठूलो चुनौति पनि छ ,संगै प्रथम अधिवेसन भव्य रुपमा सम्पन्न गर्नु पर्ने हुदा आफ्नो कमिटि दिनरात सक्रिय रहेको उनि बताउछन्।यो अधिवेसन आयोजक कमिटि भएकोले पुन सचिवका रुपमा ओकिनावावासी नेपाली उनलाई जिम्वेवारी दिएको हेर्न चाहन्छन् भने ,मिलन केसी यहि २० तारिक आयोजना हुदै गरेको अधिवेसन बाट निर्बिरोध अध्यक्षको लागि सबैको प्रिय पात्र रहेको देखिन्छन्।
फेसबुकबाट तपाइको प्रतिक्रिया