
ओकिनावा:(मिलन केसी)२०५३ सालमा (प्रदेश नम्बर ५ हाल)दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका ११ जस्पुरमा मिलन जन्मेका हुन्।
एस एल सी गाउकै स्कुलमा पढ्ने समय सम्म कुनै पनि राजनितीक क्षेत्रमा आबध्द नभएको ,तर पनि घरपारिवार सबै कम्युनिष्ट हुनुभएको प्रभाव भने उनिमा थियो।गाउघरमा कुनै सभा र कार्यक्रम हुदा गाउकै एकजना अंकल संग पार्टिका कार्यक्रममा जाने गरेको अनुभव बताउछन् ।
उच्चशिक्षाको लागि काठमाडौंको ललितपुरमा बस्दै पढाइको सिलसिलामा त्रि-चन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए।त्यस समयमा उनले अनेरास्ववियु मा संलग्न हुने अबसर मिलेको बताउछन्।तर केहि समयको त्रि-चन्द्रको पढाइपछि उनि थप अध्ययनको लागि जापान प्रवेश गरेको बताउछन्। नेपालमा हुदा थोरै समय भयपनि नेकपा एमाले पार्टी बुझ्ने अबसर पाएको तर नेकपा एमाले प्रति जुन माया आस्था छ त्यो माया त्यो आस्था प्रवासमा रहदा पनि कम भयन उनिमा ,नेकपा एमाले मेरो पार्टिहो भन्न पाउदा खुसी महसुस हुने बताउदै जापान बसाइँको ४ बर्ष हुदा झन नजिक देखी पार्टी र संघठनलाइ बुझ्ने अनसर पाएको बताउछन्।हाल जापानको ओकिनावा मा बस्दै आएका मिलन प्रवास पार्टी कमिटिको ONF ओकिनावा क्षेत्रिय समितिको संयोजकमा चयन भए।नाम मात्र मिलन हैन ओकिनावामा सबैको प्यारो र मिलनसार स्वभावका उनि समाजसेवामा बडि मन राख्ने गर्छन् ।
ओकिनावा क्षेत्रिय कमिटिले यहि मार्च २० तारिक अधिवेसन गर्दैछ। अधिवेसन आयोजक कमिटिको संयोजक रहेका मिलन अधिवेसन एतिहासिक रुपमा सफल बनाउन आयोजक कमिटि दिन रात खटेको बताउछन्। अधिवेसनको लागि राष्ट्रिय कमिटि , क्षेत्रिय समकक्षिय कमिटि, संघ /संस्था र सरोकारवाला लाई पत्राचार भैसकेको र भुलबस निमन्त्रणा नआईपुगेमा पनि यसै लाई आधार मान्दै कार्यक्रमको शोभा वडाई दिन हार्दिक अपिल गरेका छन्।कोरोनाको यो समय भौतिक उपस्थितिमा कार्यक्रम गर्नु सहज नभए पनि आवस्यक मापदण्ड अपनाई कार्यक्रम गरिने आयोजक कमिटिले जानकारी गराएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया