NRNA जापानको अनिता गुरुङगको कार्यसमितिलाई जापान स्थित सम्पूर्ण राजनितीक दलहरु र संघ सस्थाहरुको पुर्ण सहयोग रहने ,सत्यलाई दवाउने बाहानामा अनैतिक संम्झौता नगर्न सुझाव:

जापान: २०२२ मार्च १४,एनआरएनए जापानको अनिता गुरुङगको कार्यसमितिलाई जापान स्थित सम्पूर्ण राजनितीक दलहरु र संघ सस्थाहरुको पुर्ण सहयोग रहने ,सत्यलाई दवाउने बाहानामा अनैतिक संम्झौता नगर्न सुझाव दिएका हुन्!

एनआरएनए जापानको २१/२३ कार्यकालको लागि निर्वाचन छानविन समितिको प्रतिवेदन कार्यन्वयन नभए सम्मको लागि अनिता गुरुङगको नेतृत्वमा रहेको कार्यसमितिनै आधिकारीक रहेको भन्दै उपस्थित जापान स्थित दर्जनौ संघ संस्थाहरु र राजनैतिक भात्री संगठनहरुले आज सम्पन्न अनिता गुरुङको अध्यक्षतामा भएको भौतिक बैठकमा ढिलै भए पनि सत्यको जित हुने बताए। हाल सम्म जे जति निर्णय भएका छन् सबै निर्णय सकारात्मक र सत्यको लागि भएता पनि कार्यन्वय पक्ष कमजोर बनेको ले अझै समस्या आएको धाराणा राख्दै,संगै ओन्सेनको दुई बुदे निर्णय र उच्चस्तरीय समितिले राजन प्रधानाङगलाई दिएको अधिकार अझै कार्यन्वय नहुनु जापानको लागि नै दु:खद भएको बताए। सहभागिले पिडित पक्ष भन्दा पनि हामि समाजका अगुवा हौ भन्नेहरु अहिले बडि चिन्तित रहेको र गलत तत्व हावि हुदै जादा समाज र संस्थामा दुरगामि असर पर्ने बताए। एनआरएनएमा अग्रजहरुकै कारण समस्या झन् गिजोलिएको र थप समस्यामा नपार्न बैठक मार्फत अग्रज र अभियान्ताहरु लाई सचेत गराईयो।बैठकका एजेण्डा तथा छलफलका बिषयहरु दुई भागमा बाडिएका थिए।

छलफलका धारणा तथा सुझाव संकलन:
१.संस्थालाई सस्थागत रुपमा रहन दिनु पर्ने मा अनावस्यक गिजोलिने काम अग्रजहरुबाट भए।
२.निर्वाचन पराजयको बिषय भन्दा पनि निर्वाचनमा नियतिनै खराव भएको देखियो।
३.निर्वाचन छानविन समितिको प्रतिवेदन,उच्चस्तरीय समितिको निर्णय र ओन्सेन बैठकका निर्णयहरु कार्यन्वय गर्न कसले रोक्यो?समितिले आफ्नो जिम्वेवारी तत्काल पुरा गर्नु पर्ने।
४.क्षेत्रिय समितिका दुई चरणका बिज्ञप्ति संयोजकको एकपक्षिय मात्र हुन्,क्षेत्रमा पनि समिति एक तिर संयोजक अर्को तिर रहेका छन्।विज्ञप्तिहरु समितिको निर्णय भएर आएका होईनन ।
५.चोरलाई एकपक्षिय रुपमा समात्यो भनेर हुन्छ?कसको सहमतिमा चोर समात्ने हो त?चोर र पुलिस एकै ठाउमा राखेर के सहमति गर्ने हो र?
६.एजेण्डा र माग ठिक छन् , तपाईहरु प्रमाण सहित स्पस्ट रुपमा हुनु हुन्छ खुट्टा नकमाउनु होस हाम्रो साथ सत्यको लागि सधै रहिरहने छ।
७.यो साझा सस्था भएकोले बोल्नै पर्ने हुन्छ,यहा अन्याय नै भएको छ, हामि अहिले सम्म पर्ख र हेरौ मा थियौ ,अव हामि सॅघ सस्थाहरु पनि तपाईहरु सॅगै बोल्न र आवाज उठाउन बाध्य भएका छौ।
८.आई सिसि मा उम्मेदवार हुनको लागि मात्र दुरुपग्यो गरियो , जापान को बिबाद मिलाउन नसक्नेले आई सीसी मा गएर पनि दुरुपयोग मात्र गर्ने हो काम गर्न खोजेको होइन ।
९.सत्य सिक्ने हो सत्य सिकाउने र सत्यको पक्ष्मा उभिने हो र सस्था लाई पारदर्शी बनाउने हो अनि मात्र जापानको नेपाली समाज को बिकाश हुन्छ र आउदो पिढी ले पनि राम्रो कुरा सिक्छ नत्र फटाहा हरुको पिछ लग्गु हुने पिढी जन्मन्छ र समाज धमिलिदै जान्छ र अविस्वास उत्पन गर्ने समाजको निर्माण हुन्छ
१०.तपाईहरुले जापानको समाजको काम गर्न थाल्नुस हामी सबैले तपाई हरुको राम्रो काम को लागि साथ दिने छौ।
११. एनआरएनए जापानले आफ्नो राष्ट्रको आन्तरिक मामिला मिलाई नसकेकोले आईसिसिको बारेमा वकालत गर्नु असोभनिय भएको र गर्न नहुने ।(घरको झगडा नमिलाई लथालिङग बनाउदा, छिमेकिको झगडा मिलाउने नैतिकता कता बाट हुन्छ)
१२. एनआरएनए जापानवाट आईसिसि लाई जानु पर्ने रकम अहिले सम्म आधिकारीक रुपमा नपठाईएको र गलत माध्ययमबाट गएको भए आपति रहने साथै घोषित कार्यक्रमहरु कार्यन्वय गर्दै जाने ए आरएनए जापानकी प्रवक्ता सरिता ढकालले जानकारी गराउनु भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया