काठमाडौं । जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको प्रथम सम्मेलन भव्यतापूर्वक सम्पन्न भएको छ । सम्मेलनबाट विश्वराज दोङको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ वागमती प्रदेश गठन गरिएको छ ।
अध्यक्षमा विस्वराज दोङ, उपाध्यक्षमा पुजा श्रेष्ठ, कमानसिं लामा, सचिवमा असोक कुवँर नेत्र, सहसचिवमा चम्पा लामा, सुशिला खड्का र कोषाध्यक्षमा प्रतिक ब्लोन लगायत वागमती प्रदेशका १३ वटा जिल्लावाट प्रतिनिधित्व गराई ५१ सदस्यीय गठन गरिएको हो ।
जनसांस्कृतिक महासंघ नेपाल वागमती प्रदेश सम्मेलनको उदघाटन नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य हितमान साक्यले गरेका थिए । विषेश अतिथि जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय अध्यक्ष सरल सहयात्री, पत्रकार साँस्कृतिक डिओसीका अध्यक्ष मात्रिका पोखरेल, घटक संगठनका केन्द्रिय अध्यक्षहरु, वरिष्ठ चलचित्रकर्मी, कलाकारको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रको अध्यक्षता वागमती प्रदेशका निर्वतमान अध्यक्ष केशर कुमार कालिकोटेले गरेका थिए ।
जनसांस्कृतिक महासंघ नेपालले यहि पुष १ र २ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सांस्कृतिक संस्थान नाचघर जमलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा हुनेछ ।
उद्घाटनमा सात वटै प्रदेशका सांस्कृतिक पहिचान झल्किने प्रस्तुतीका साथ पुष २ गते वन्द सत्रवाट नयाँ केन्द्रिय कमिटिको चयन गर्ने जनसाँस्कृतिक महासंघ नेपाल वागमी प्रदेशका निर्वमान अध्यक्ष कालिकोटेले जानकारी दिएका छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया