काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुककारुपमा स्थापित गर्न सरकार लागिपरेको बताउनुभएको छ ।
आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । सञ्चारकर्मीको प्रश्नको जवाफमा उहाँले युट्वसम्बन्धी नयाँ व्यवस्था गरेर यसलाई अझ व्यवस्थित र मर्यादित तुल्याउन खोजिएको तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सभ्य र सुन्दर समाज निर्माण गर्न चाहन्छौँ । वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन हुनेगरी कुनै कानून ल्याउँदैन र विगतमा ल्याइएका कानूनहरु पनि आवश्यकताअनुसार परिमार्जन गरिनेछ ।”
फेसबुकबाट तपाइको प्रतिक्रिया