करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको बताएकी छन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने धारणा:

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । करिश्मा ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।

करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको बताएकी छन् । छलफल अगाडि बढेपनि निर्णय भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताएकी छन् ।

सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको उनको भनाई छ । ‘एउटा विचार लिएर अघि बढ्नैपर्छ, उदि राजनीतिमा लाग्ने हो भने त’, उनले भनिन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया