अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?

डा. रवीन्द्र पाण्डे

– जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

– जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

– जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ ।

– जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन ।

– जोन्सन खोप सामान्य लक्षण रोक्न ७२%, सिकिस्त नबनाउन ९६% र कोभिडबाट मृत्यु रोक्न १००% प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५०-७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९०% प्रभावकारी भनिएको छ ।

– जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन/अफ्रिकन देशमा मान्यता दिइएको छ । खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

– दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।

– ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३-४ दिनमा ठिक हुन्छ ।

– तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

– दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ ।

– आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् ।

– डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् ।

– दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् ।

– हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यहि लगाउनु बुद्धिमानी हुन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया