
जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) को सचिव पदमा जापानका सफल व्यवसायी ओम गुरुङ ‘अजीब’ ले उम्मेदवारी दर्ता गराएका छन्।
गुरुङले जापानबाट अनलाइनमार्फत एनआरएनएको दशौँ महाधिवेशनको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो।
पर्वतमा जन्मिएर स्याङ्जामा हुर्किएका गुरुङ चितवनको बासिन्दा हुन । विगत २ दशकअघिबाट जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् ।
गुरुङसँग एनआरएनए अभियानमा बसेर काम गरेको लामो अनुभव छ। सन् २००८ देखि नै उनी एनआरएनए अभियानमा सक्रिय छन्।
‘एनआरएनएमा लामो समय काम गरियो। यसबाट मैले सिकेको अनुभव सबैसँग बाँड्न चाहन्छु,’ गुरुङले भने। उनले २०११–१३ सम्म जापान शाखाको अध्यक्ष भएर काम गरिसकेका गुरुङ २०१३ देखि २०१९ सम्म एनआरएनए आइसीसीको सदस्य निर्वाचित भएका थिए। उनले तीन कार्यकाल सदस्य भएर काम गरेको बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघको पुर्ब अध्यक्ष तमुधी जापानको सल्लाहकार, चितवन समाज जापानको सल्लाहकार, पर्वत समाज जापान एवं अन्तर्राष्ट्रिय पर्वत समाज लगाएत NRNA ICC को विधान समितिको सहसमयोजक भएर काम गरिसकेका गुरुंग संस्थामा हाल देखीएका विसंगति र बेतिथिको संस्थागत सुधारको लागी आफूले सचिव पदमा उम्मेदवारी दिएको बताउनु भयो ।
दुई बर्षे कार्यकालको लागी प्रतिनिधिसम्बन्धी विवादकै कारण नयाँ नेतृत्वको लागी गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।
फेसबुकबाट तपाइको प्रतिक्रिया