एनआरएनए उपाध्यक्षको लागि जापानबाट तीन आकांक्षी सहित उमेदवारी पर्न सक्ने: कसले मार्ला बाजी!

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का बर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संस्थालाई विभाजनबाट जोगाउन सबैलाई मिलाएर जानुको विकल्प नभएको बताएका छन्। एनआरएनएमा विवाद मिलाउन मध्यस्थकर्ताको भूमीका निर्वाह गरिरहेका श्रेष्ठले अहिलेको विवाद प्राविधिक रुपमा नभई भावानात्मक रुपमा मिलाउन जरुरी रहेको बताउदै आएका छन् ,भने गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदमा महेश श्रेष्ठले उम्मेदवारी दिने चर्चा छ ।

(एनआरएनए)जापानको सातौ कार्यकालका अध्यक्ष तथा भवन भट्ट को कार्यकालका आईसिसि युवा संयोजक सुदन थापा अहिले फेरी चर्चामा आएका छन् ।गत कार्यकाल आईसिसिको कोषाध्यक्षमा पराजित भए पनि अभियानमा भने अझै सकृय रहेको बताउदै २१/२३ कार्यकालको लागि संघको उपाध्यक्ष पदमा उमेदवारी दर्ता गर्न काठमाडौं जान लागेका हुन्,थापाले संघको निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गर्ने बुझिएको छ।

जापान लामो समय देखि बसोबास गर्दै आएका सफल ब्यवसायी एनआरएनए अभियान्ता किरण बिक्रम थापा यस पल्ट राम्रो परिस्थिति आएमा आईसिसि उपाध्यक्षमा उमेदवारी दिन सक्ने देखिन्छ। समाजिक कार्यमा आफुलाई सधै उच्च दर्जाको छवि बनाउदै आएका थापा यशिया प्यासिफिकको आर सि हुदा निकै उल्लेखनिय र एतिहासिक काम गर्न सफल भए, सम्ववत त्यो नै अन्तिम एनआरएनएको दस्तावेजमा एतिहासिक कार्यक्रमहरु रहने छन्। यस पल्ट सहज र एकताको अधिवेसन हुन गएमा उपाध्यक्षको लागि उनि बलिया उमेदवार बन्न सक्छन्।तर धमिलो पानिमा माछा नमार्ने थापा बताउछन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया