जहाँ नारी पुजिन्छन् देवताहरू त्यहाँ मात्र प्रसन्न हुन्छन् । जहाँ नारीको सम्मान हुँदैन , त्यहाँ सबै कर्म निष्फल हुन्छन् : सरिता ढकाल

टोकियो: अन्तरराष्ट्रिय महिला दिवस (मार्च ८)महिलाहरूको ऐतिहासिक, सांस्कृतिक ,सामाजिक एवं राजनीतिक उपलब्धिहरू मनाउने विश्वव्यापी दिन हो । विश्वभर लैङ्गिक असमानता विरुद्धको कारबाहीको समर्थनमा पनि यो दिवस मनाइन्छ । हामी सबैलाई थाहा छ संसार चलाउनका लागि महिलाको उत्तिकै भूमिका रहन्छ सायद पुरुषको भन्दा पनि धेरै । तर पनि महिलाहरू कुनै न कुनै बहानामा पछाडि पारिएको छ र परिरहेका छन् अझ पनि यो दु:खको कुरा हो।त्यसैले समय समयमा परिवर्तनका खातिर महिलाहरू सङ्घर्ष गरिहेका हुन्छन् ।

११२ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगायत विश्वभरि नै विभिन्न कार्यक्रमहरू गरी मनाइँदै आएको छ मनाउनेछ । यस पालीको श्रमिक महिला दिवसको राष्ट्रिय नारा : “सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चिता”अन्तर्राष्ट्रिय नारा : “Gender equality today for a sustainable tomorrow” रहेको छ नेपाल को सन्दर्भमा हेर्ने हो भने वि.सं. १९७४ तिर योगमाया न्यौपानेको नेतृत्वमा महिला समिति गठन भएको थियो, जसले सती प्रथा, बालविवाह जस्ता सामाजिक कुरीतिविरुद्ध अभियान थालेको थियो । राणाशासकले माग पूरा नगरेको भन्दै योगमायाले ६८अनुयायीसहित अरुण नदीमा हामफालेर देहत्याग गरेको इतिहास छ । यस घटनाको तीन वर्षपछि १९७७ असार २५ मा प्रधानमन्त्री चन्द्रशमशेरले सती प्रथामा प्रतिबन्ध लगाएका थिए । आफ्नो अधिकारका खातिर नारीहरू आफू मर्न पनि तयार हुन्छन् भन्ने यो एक सशक्त उदाहरण हो । नारी यस्तो संचालक हो जसले अधिकार लिने र दिने सृष्टिविधान निर्धारित गर्न सक्छिन् ।मलाई यति बेला खुसी लाग्छ विद्या भण्डारीहरू राष्ट्रपति हुन्छन् । जति बेला पीडा हुन्छ गर्भमा छोरीहरू छानी छानी मारिन्छन् सुसिला अनुराधा पुष्पा पारिजात झमक पढ्दा जति खुसी लाग्छ , निर्मलाको न्याय साथै सुरक्षा घेराबाट त्रुटिले मर्नु पर्दा पीडा लाग्छ भारत लगायत कयाैँ कुना कोठीहरूमा दिदी बहिनी छन् भन्दा झन् पीडा लाग्छ ।

अझ हामी प्रवासी महिलाहरू त झन् जिम्मेवार छौँ ।रेमिटेन्सका एक हिस्सा हामी हाम्रो देश बोकेर संसारका कुना कुनामा पुगेका देश का दूत हौँ हामी हामी परदेशी जस्तो छौँ , त्यस्तै हाम्रो देशकोप्रति निधित्व हुने गर्दछ । त्सैले हरेक हिडाइहरूमा सचेत हुन आवश्यक छ प्रवासमा रहेर पनि निरन्तर समाजमा अगाडि बढ्न हरचुनौतीहरू सामना गर्नुपर्ने हुन्छ । एक नारीले आज पनि महिला ससक्तीकरणको क्षेत्रिय र अन्तरराष्ट्रिय स्तरको तुलनामा नेपालमा महिलाको सशक्तीकरण निकै कम छ पाकिस्तान बाहेक सबै दक्षिण एसियाली मुलुकमा महिला सशक्तीकरणको स्थिति नेपालको भन्दा राम्रो छ राजनैतिक आर्थिक र पेशागत सहभागिता लैङिक असमानताको मात्रपहाडको तुलनामा हिमाल, तराईमा झन् धेरै छ । हामी सशक्त रूपले जाग्नुपर्ने र जगाउनुपर्ने देखिन्छ । शिक्षाकाे दृष्टिकाेणबाटबाट परिवारलाई पाठशाला बनाउन महिलाकाे उत्तिकै भूमिका रहन्छ । स्त्रिय: समस्ता: सकला जगत्सु।
– मार्कण्डेय पुराण

(हे देवी ! संसारमा जति पनि स्त्रीहरू छन् , ती सबै तपाईंकै स्वरूप हुन् । )

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:
-मनुस्मृति:

(जहाँ नारी पुजिन्छन् देवताहरू त्यहाँ मात्र प्रसन्न हुन्छन् । जहाँ नारीको सम्मान हुँदैन , त्यहाँ सबै कर्म निष्फल हुन्छन् ।)

लेखन:एनआरएनए जापानकी प्रवक्ता हुन्:

फेसबुकबाट तपाइको प्रतिक्रिया