ONF को सकृयता बड्दो, क्षेत्रिय कमिटिको अधिवेसन धमाधम गर्दै:

जापान: प्रवासी नेपाली मञ्च जापानले पछिल्लो समय आफ्नो कमिटिको सकृयता बढाएको छ। मञ्चले प्रकृयागत रुपमा बिना बिवाद हाल क्षेत्रिय अधिवेसन सम्पन्न गर्दै आएको हो।राष्ट्रिय कमिटिमा अध्यक्ष सुरेश केसी र सचिव डा. सरोज कडेल मात्र पदाधिकारी रहेको कमिटिमा हाल ३७ सदस्सिय कमिटि र ५ क्षेत्रिय समितिहरु जापानमा कृयाशिल रहेका छन् । केहि समय पहिला क्यूस्यूमा तेस्रो अधिवेसन भव्य रुपमा सम्पन्न गरेको मञ्चले दोस्रो चरणमा क्षेत्रिय कमिटी ओकिनावाको यहि २०२२ मार्च २० तारिखका दिन प्रथम क्षेत्रिय अधिबेशन गर्दै छ।अधिवेसनमा प्रवासी नेपाली मन्च प्रति आश्थावान र सुभचिन्तक सम्पुर्ण ओकिनावा बासी तथा जापानबासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई उपस्थितिका लागी हार्दिक अनुरोध कमिटिका अध्यक्ष मिलन के सी ले गरेका छन्। स्थान र समय केहि दिनभित्रमा जानकारी गराईने समेत उनले बताए।

फेसबुकबाट तपाइको प्रतिक्रिया