एनआरएनए जापान अनिता टिमको प्रेस विज्ञप्ति जस्ताको तस्तै:
प्रेस विज्ञप्ति
गैर आवासीय नेपाली संघ रासप जापानको २०२१/२३ कार्यकालका लागि २०२१ जुलाई ३० तारिक सम्पन्न धादली पूर्ण निर्वाचनसँगै आईसीसीबाट गठित छानविन समितिले २१/२३ को निर्वाचनमा धादलीमा भएको प्रतिवेदन सार्वजनिक गरेको यहाँहरूलाई अवगत नै छ। छानबिन समितिको प्रतिवेदन पश्चात् आईसीसीले यस बारेमा उचित कारवाही नगरेकोले नेपाल सरकारको परराष्ट्र मन्त्रालय, नेपाल स्थित साईवर ब्यूरोको पत्र ,उच्च स्तरीय समितिबाट राजन प्रधानाङगलाई निर्वाचन गराउन दिएको अख्तियारीसँगै निर्देशन,निर्वाचन अनुगमन समितिको जुम बैठक बाट पुन: निर्वाचन गर्ने सम्बन्धमा सुझाव र सिजुओकामा सम्पन्न ओनसेन भेलाले सकेसम्म सहमति नभए पुन: निर्वाचन गर्न बनाएको ६ सदस्यीय समितिका बारेमा तपाई हामी सबैलाई अवगत नै छ । यस निर्णयले सम्पूर्ण जापानवासी नेपालीहरूले अब संस्थाको विवाद र समस्या सम्बाेधन हुने भयो भनेर सुखी महसुस गरेको अवस्था थियो । मिति २०२२ फ्रेवुअरि २२ तारिक संयोजक राजन प्रधानाङगबाट प्राप्त पत्रको निर्देशन / सर्कुलर अनुसार हामीले हाम्रा पूर्व घोषित कार्यक्रमहरू स्थगित गरेर सहज वातावरण बनाएको यहाँहरू समक्ष अवगत नै छ। त्यस पछि पनि मिति २०२२ फ्रेवुअरि २६ तारिक सिजुओकामा अग्रजहरूको बैठले सकेसम्म सहमति नभए निर्वाचन गर्ने गरी भवन भट्टको आह्वानमा बैठक बसी ६ सदस्यीय समिति गठन गर्यो। त्यो समितिले के गर्दैछ प्रगति के हुदैछ साँच्चिकै समस्या समाधानका लागि नै त्यो समिति बनेको थियो त? अथवा मिलाएर लाने निहुमा समाजलाई अन्योलमा राख्ने एउटा प्रपञ्चको रूपमा मात्रै त्यो समिति आएको हो भन्ने अन्योल पैदा भएको स्थिति जापानबासी नेपालीमा छ। हामी जापानबासी नेपाली तथा संघ संस्थाको अनूरोधलाई समेत स्वीकार गर्दै केही समय पर्ख र हेरौँ भन्ने मनसायले बस्यौँ तर यतिका दिन बित्दा पनि ती निर्णय अझै कार्यान्वयन नभएको कारण आजको मितिले ३ दिन सकारात्मक नतिजाका लागि अझै धैर्य गर्ने निर्णयमा छौँ । तपाइहरूको समितिको कार्यदिशा र यहाँको नेपाली समाज मिलाउन भएको प्रगति र प्रतिवद्धता समाजलाई स्पस्ट गराउनु हुन समेत अनुरोध गर्दछौँ । यदि यहाँहरूबाट कुनै पनि किसिमको प्रतिक्रिया तथा पहल कदमीको जानकारी नभएमा या ठोस निर्णय नआएको अवस्थामा हामी पुन: हाम्रा कमिटिका पूर्व घोषित कार्यक्रमहरूलाई निरन्तरता दिँदै एन आर एन ए जापान कार्यसमिति लगायत सम्पूर्ण क्षेत्रीय समितिहरू र उपसमितिहरू क्रियाशील भई अगाडि बढ्ने ब्यहोरा सबैको जानकारिका लागि अनुरोध गर्दछौँ। यस घडीमा हामीलाई सधै साथ र सहयोग गर्नुहुने नेपाली राजदूतावास टोकियो,राजनीतिक दलका भातृसंगठन,संघ संस्था,बुद्धिजीवि,विधार्थी, विज्ञ,दक्ष पेशागत व्यक्तित्व , पत्रकार साथै सम्पूर्ण जापानबासी नेपालीहरूलाई पुन: हातेमालो गर्दै अगाडि बढ्न साथ र समर्थनका लागि पुन: हार्दिकता पूर्वक अपिल गर्दछौँ भनिएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया