सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको उपाध्यक्ष नेम्वाङको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक क्षेत्र समेटेर नेपालमा ऐतिहासिक काम गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सय दिनको कार्यक्रमबाटै त्यसलाई गायब बनाएको बताउनुभयो ।

प्रेस चौतारीको बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएट समितिले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाउनुभयो । एमालेको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको टिप्पणी गर्दै उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् रु प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ–त्यसैले म दोहोर्यानउन चाहन्न । बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया