सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित


काठमाडौँ ।
प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो । समितिको बैठकपछि बोल्दै समितिका सचिव डा। रोजनाथ पाण्डेले भने, ‘ यो वर्षभरी समितिले गरेका काम कारबाहीहरूमा मूलभूत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ । समितिले गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन समेत यसमा समावेश गरिएको छ ।’

सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया