जापानको विवाद कायमै ,गैर कानुनि रुपमा पैसा पठाउने तयारीमा केहि उम्मेद्वार हरु।


टोकियो: २०२१ को अक्टोबर मा नेपालमा हुनुपर्ने एन आर एन ए को निर्बाचन नेतृत्व को अकर्मन्याता को कारण पटक पटक शर्दै आएको संसार भरको नेपाली मा बिदितै छ। एन आर एन ए को इतिहासमै धेरै किसिमका धादली हरु हुदै आएको भए पनि यो पटक २०२१-७-३० मा भएको एनआरएनए जापान को निर्बाचनमा भएको धादली आइसीसी ले नै गठन गरेको छानबिन समितिले प्रमाणत पुस्टि गर्यो।आफ्नै नेतृत्वले गठन गरेको छानबिन समितिको प्रतिबेदन लाइ सम्बोधन नगरी अपराधिक तबर बाट घोषित कार्यसमिति लाइ कुमार पन्त,हेमराज शर्मा लगायत ले मलजल गर्दै अगाडी बढे फलत ऐले जापानमा दुइ ओटा समिति देखिन पुग्यो। कुनै पनि देशको राष्ट्रिय समन्वय समितिको निर्बाचन सम्पन्न भए पछि त्यो देश अन्तर्गतको क्षेत्रीय समिति संयोजक ले निर्बाचन निस्पक्ष सम्पन्न भएको रिपोर्ट एन आर एन ए लाइ बुझाएपछि मात्र त्यो देसको समितिले बिधिबत मान्यता प्राप्त गर्छ तर जापानको हकमा भने एसिया प्यासिफिक का संयोजक ले निर्बाचन समितिले एकतर्फी राखेको सफत ग्रहण एक हप्ता शार्न को लागि पत्राचार गर्दा पनि जापान बासि नेपालीहरुको भाबना बिपरित सफत ग्रहण गराएपछि एसिया प्यासिफिक संयोजक को तर्फबाट एन आर एन ए मा जापानको निर्बाचन निस्पक्ष सम्पन्न भएको कुनै जानकारी गराइएको नभए पनि एसिया प्यासिफिक उप संयोजक लगायत केहि व्यक्तिको गलत सोच को कारण संस्था मिल्ने भन्दा पनि बिग्रने तिर दिन प्रतिदिन अगाडी बढ्दै गएको देखिन्छ। यस्तै बिबिध कारण हरुले गर्दा एन आर एन ए को इतिहासमा केस पहिलो पटक पररास्ट्र हुदै अदालत पुग्दा समेत गलत लाइ सुधार्ने तर्फ नेतृत्व ले कदम नचालेको कारण त्यसको समग्र असर सम्पूर्ण एन आर एन ए मा पर्न गइ नेतृत्व कलंकित मात्रै नभएर संस्था नै बदनामी को चरम शिकार भएर फुटको संघार मा पुगेको छ।
यस्तै कुकर्म हरु बढ्दै गएको जापानमा पञ्जिकृत सदस्य शुल्क तिर्न ढिलाई भएको कारण पटक पटक ताकेता गर्दै आएको नेतृत्व ले फेरी नाटकीय रुपमा मार्च ६ तारिक सम्मलाई शुल्क तिर्ने अल्टिमेटम दिएको छ भने अब भने जसरि पनि शुल्क तिर्नु पर्छ भन्ने सोच बाट उद्धत भएर आइसीसीमा नेतृत्व गर्न चाहने केहि उम्मेद्वार हरुले आफु आफु पैसा उठाएर पठाउने तयारी गर्दै गरेको एक श्रोत ले हामीलाई जानकारी गराएको छ। प्राप्त जानकारी अनुसार आइसीसी कोषाध्यक्ष समेत रहेका र उपाध्यक्ष को उम्मेद्वार महेश श्रेष्ठ ले धाधली पुस्टि भएको समिति र धादलिको मतियार उम्मेद्वार हरु संग कागज गराई पैसा आफुले पठाउने र धादली पुस्टि भएको समितिमा पैसा आएपछि महेश श्रेष्ठ लाइ फिर्ता गर्ने शर्तमा पैसा पठाउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।
गैरआवसीय नेपाली संघको १० औं महाधिवेशन तथा नयाँ नेतृत्वको निर्वाचन, संरक्षक परिषद, उच्चस्तरीय समिति र पञ्जिकृत सदस्य शुल्क नतिर्ने राष्ट्रिय समन्वय परिषद (एनसीसी) का सम्बन्धमा” पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइनेछ । उक्त मितिभित्र शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुनेछ” । भन्ने समाचार लाई आधार मान्दै एनआरएनए जापाल लाई मान्यता स्वत: समाप्त हुन समाचार संगै जापानको हकमा भने यस्तो गलत प्रयास हुन लागेको कुराले जापानको नेपाली समाज मिलाउने भन्दा बिगार्ने हरुको कुकर्म बाहिरिदै आउन थालेको छ। उच्च स्तरीय समितिको निर्णय बाट प्राप्त अख्तियारी अनुरुप देवमान हिराचन र भबन भट्ट ले जापानको दुवै पक्ष मिलाउने प्रयास गर्दा नमिले पछि यहाको समिति भंग गरि नया कार्यसमितिको लागि राजन प्रधानांग को संयोजक मा काम अगाडी बढाएको अवस्थामा सबैले निस्वार्थ भएर सहयोग गरेमा जापानको शुल्क बिधिबत रुपमा समयमा नै जाने कुरामा कुनै दुइ मत थिएन तर त्यो हुन नदिन नेतृत्व का केहि जिम्मेवार हरु नै सकृय देखिनु दुखद छ।
गैर कानुनी तबरले नेपालमा पैसा भित्रिने क्रम बढे संगै रेमिट्यान्स घटेर सरकारले प्राप्त गर्नु पर्ने राजस्व कम हुदै गएको अवस्थामा रास्ट्रको समृद्धि को नारा दिएर हिडेको एन आर एन ए को नेता हरुले गैर कानुनी तबर को काम लाइ प्रश्रय पुग्ने खालको प्रयत्न गर्नु आफैमा दुखद रहेको जनमानसको गुनासो छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d