ONF प्रवास कमिटिका महिलाहरु ले नारि दिवसको अवसरमा भव्य कार्यक्रम गर्दै:

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटिको महिला बिभाग द्वारा अन्तर्राष्ट्रीय महिला दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुदै छ।कार्यक्रम बिशेष ब्यक्तित्वहरुको आतिथ्यतामा यहि मार्च ८ तारिक हुने भएको जनाईएको छ।उक्त कार्यक्रममा बिस्वमा रहनु भएका महिला /पुरूष , बिशेष गरि महिला दिदि बहिनिहरूलाई हार्दिक निमन्त्रणा गरिएको आयोजक कमिटिका संयोजक बताउनु हुन्छ।

कार्यक्रममा आफ्नो वक्तृत्वकला प्रस्फुटन गर्न चाहानु हुने महिला दिदि बहिनिहरूले आफ्नो नाम दर्ताको लागी आयोजक लाई सम्पर्क गर्न अनुरोध गर्दै कार्यक्रमको समय,मिति र जुम आईडि लगाएत कार्यक्रमको बिस्तृत जानकारिको लागी अपलोड गरिएका पोष्टरबाट लिनु हुन समेत अनुरोध गरिएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया