एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडौँ। नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गरेका हुन् ।

प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया