एनआरएनए जापानको चौथो क्षेत्रिय भेलाको तयारी यस्तो थियो।

टोकियो: गैरआवासीय नेपाली संघ रासप जापानले बिगत तीन कार्यकालबाट आयोजना गर्दै आएको क्षेत्रीय भेला यो पटक पनि गर्ने गरि तयारी अवस्थामा थियो।यस भेलालाई आवश्यकता र समय परिस्थिती संगै महत्व साथ हेर्दै आइएको र यो पटक ऐतिहासिक रुपमा २ दिन आयोजना गर्ने गरि चौथो क्षेत्रीय भेला हुने भएको थियो। भेला यही फेब्रुअरि २६ र २७ तारिक सनिवार र आईतबार समय दिउँसोको १ बजे बाट बिशेष समारोह बिच गर्ने योजनामा रहेको बिकाश बस्नेत बताउछन्।उच्चस्तरीय समितिबाट राजन प्रधानाङग लाई दिएको अख्तियारी र राजन प्रधानाङगको एनआरएनए जापानमा बिधमान २ कमिटिका गतिबिधि र समिति बिघटन संगै बिज्ञप्ति प्रकाशन भए पछि उक्त क्षेत्रिय भेला स्थगित भएको संयोजक बिकास बस्नेत बताउछन्।
प्राय: भेलामा सधै मनतव्यलाई मात्र प्राथमिकता दिने र नीति तथा योजना ओझेलमा परेका कारण क्षेत्रीय कमिटिका गुरु योजना संगै यसपल्ट भेलाले ठूलो उपलव्धी हासिल गर्ने आयोजकको तर्फ बाट अध्यक्ष अनिता गरुङ ले बताउदै आएकी थिईन्।
क्षेत्रिय कमिटिले सधै उठाउदै आएका क्षेत्रिय बिधान र क्षेत्रिय साधारण सभा जस्ता अति महत्वका बिषय पनि यस पल्ट योजना सहित संबोधन हुने आयोजक कमिटिका संयोजक बिकास बस्नेतले भनेका छन्।
खादा, मनतब्य र जलपानमा मात्र सिमित हुने भेला यस पल्ट नीति र योजनामा विशेष छलफल हुने गरी महत्व दिने योजनामा रहेको उनी बताउछन्।यस पल्टको क्षेत्रीय भेलाको स्लोगन “क्षेत्रिय समितिका गुरु योजनामा बैज्ञानीकता, संस्था र जापानवासी नेपाली प्रति प्रतिवद्धता ।रहनेको थियो।भेलाका बिषय बस्तुहरु निम्न अनुसार रहको बताईएको छ।
सहजीकरणका लागि पाच सदस्यीय कार्यदल गठन गर्दै कार्यदलले क्षेत्रिय समितिको गुरु योजना सम्वन्धि कार्यपत्र तपसिल बुँदामा आधारित रहि गर्ने छ र बिषय बस्तुको थप सफलता र सहजिकरणको लागि भेला प्रतिनिधिलाई बिभिन्न ५ समुह बिभाजन गरि कार्यपत्र उपर बृहत छलफल पश्चात त्यसबाट प्राप्त बिषय निर्णयार्थ हलमा पेश हुने छ। हलले पास गरेपछि लागु गरिने छ।साथै रासप जापानको विधानमा पनि सहज र बिशेष भुमीका रहने गरी भेलाले महत्व दिने आयोजकको भनाई छ।
बिषय बस्तु:-
क) क्षेत्रिय बिधान र संगठनात्मक संरचना।
१.क्षेत्रले रासप संग नबाजिने गरि आआफ्नो क्षेत्रिय बिधान तयार गरि लागु गर्न सक्ने छन्।
२.क्षेत्रिय बिधान रासप बाट प्रमाणित गर्नु पर्ने छ।रासप संग बाजिएका बुदाहरु स्वतह निस्कृय हुने छन्।
३.सदस्य संख्याको आधारमा कार्यसमितिको संरचना तयार हुनु पर्ने छ।
४.क्षेत्रिय समितिको बिधान तयारीको लागि कमिटिको निर्णय बाट बडिमा ५ सदस्यि बिधान समिति रहने छ।
५.विधान समितिमा रहेको ब्यक्ति सोहि कमिटिमा सोहि कार्यकालको उम्मेदवार बन्न नपाउने।
६. रासपको कार्यसमिति भन्दा एकतिहाई कम क्षेत्रिय कार्यसमिति संख्या रहने ।

ख) क्षेत्रिय बार्षिक साधारणसभा।
१. एक बर्ष भित्र क्षेत्रिय बार्षिक साधारणसभा गर्ने।
२.क्षेत्रको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन र बिधान उपर आवस्यक छलफल गर्ने।
३.क्षेत्रिय भेला हुनु भन्दा १५ दिन पहिल्यै आय/ ब्यय सार्वजनिक गर्नु पर्ने।
४. क्षेत्रिय भेला गर्नु भन्दा ४५ दिन अगाडि सार्वजनिक सूचना प्रकासित गर्नु पर्ने छ।
५.क्षेत्रीय भेला को गरिमा कायम हुने गरि सफल ब्यबस्थान हुने गरि समाबेसी आयोजक समिति बनाउनेमा ध्यान दिने।

ग) नीति तथा योजना।
१.एक क्षेत्र एक परियोजना लागु गर्ने।
२.क्षेत्रिय भेला, साधाधारसभा र बैठक बाट भएका निर्णय रासपले समेट्ने।
३.अत्यन्त सकृय क्षेत्रीय समितिलाई उत्कृस्टता को हिसाबले प्रोत्साहित गर्ने।

घ) आर्थिक श्रोत संगै कोष परिचालन।
१.बिधानले ब्यवस्था गरे अनुसार क्षेत्रिय लेखापरिक्षण गरिने।
२.क्षेत्रीय समितिले आफ्नो उचित कोष ब्यबस्थापनको लागि ध्यान दिने गरि समिति बनाएर अगाडी बढ्ने
३.विभिन्न ठाउँ या प्रसंग मा बढ्दो चन्दा आतंक लाइ उचित सम्बोधन गरेर अगाडी बढ्ने।
४.क्षेत्रिय समितिको कार्यक्रम वा परियोजनाको १० प्रतिशत रकम रासप बाट ब्यवस्था।

ङ) रासप र क्षेत्र बिचको समन्वय।
१. रासप को बैठकमा पदेन सदस्यको रुपमा क्षेत्रिय संयोजक र सचिवले भाग लिन पाउने।
२.प्रत्येक रासपको बैठकमा क्षेत्रिय रिपोटिङ संयोजकले गर्नु पर्ने।
३.क्षेत्रिय समिति सम्वन्धि विधानमा समेटिएका बुदाहरु ( क्षेत्रिय समितिको सिफारिसमा रासपको सदस्य, सल्लाहकार र मानार्थ मनोनित)समयमै कार्यन्वयन हुनु पर्ने।
४.बिगत ४ कार्यकालबाट गरिदै आएको क्षेत्रिय भेलालाई निरंतरता सहित परिणाम मुखि बनाउनु पर्ने।

फेसबुकबाट तपाइको प्रतिक्रिया