एजेन्सी । विश्व किर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउन ठूलो काम केही गर्नुपर्दैन, अरुले भन्दा फरक गर्नु पर्दछ । हालै एक व्यक्तिले आफ्नो उल्टो हत्केलामा १८ वटा अण्डा अड्याएर विश्व किर्तिमान कायम गरेका छन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले सार्वजनिक गरेको भिडियोमा सेतो टिसर्ट लगाएका ती व्यक्तिले ट्रे मा राखिएका अण्डाहरु एक एक गरेर १८ वटा आफ्नो उल्टो हत्केलामा राखेका छन् ।
यो अनौठो काम गरेर विश्व किर्तिमान कायम गर्ने व्यक्तिको नाम इब्राहिम सादिक हो । उनी इराकी नागरिक हुन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया