नेपाली दूतावास टोकियोले शुरू गर्यो जापानबाट नै ई-पासपोर्ट प्रक्रिया

टोकियो । जापानको टोकियोस्थित नेपाली दूतावासले जापानबाट नै विद्युतीय राहदानी (ई-पासपोर्ट) प्रक्रिया शुरू गरी बुकिङ खुला गरेको छ ।
शुक्रबार जापानको दूतावासबाट ई-पासपोर्ट उत्पादनको सफल परीक्षण गरी बुकिङ खुला गरेको हो ।

टोकियोस्थित दूतावासबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै जापानबाटै नेपालीले राहदानी पाइने भएको दूतावासका सचिब जीत बहादुर कार्कीले जानकारी दिनुभयो ।
दूतावासले ई-पासपोर्टका लागि शुक्रबारदेखि नै बुकिङ खुला भएको जनाएको छ ।
विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी जारी गर्ने प्रक्रियाका बारेमा जानकारी गराउँदै नियोगहरूलाई आवश्यक निर्देशन समेत दिएका थिए ।

प्रि-इनरोलमेन्टका लागि राहदानी विभाग वा राजदूतावासको वेभसाइटमा राखिएको लिङ्कमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ । विद्युतीय राहदानी शुरु भएको प्रारम्भिक चरणमा केही दिनका लागि सीमित बुकिङ मात्र खुला गरिएको दूतावासले जनाएको छ ।

उक्त अवधिभर हालको राहदानी हराएका, राहदानी र भिसाको बहाल अवधि समाप्त भएका वा तीन महिनासम्मको अवधि बाँकी रहेका व्यक्तिले प्रि-इनरोलमेन्ट गरी समय बुकिङ गरेर लाइभ इनरोलमेन्टका लागि राजदूतावासमा आउन आग्रह गरिएको छ ।
यसमा कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । विभागले सात प्रकारका पासपोर्ट जारी गरेको छ ।
यसअन्तर्गत कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत (३४ र ६६ पृष्ठ) र सर्भिस पासपोर्ट रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया