हङकङ । कोभिड-१९ को पाचौ लहर संगै हङकङमा फैलिएको महामारी धेरै नेपालीहरु संक्रमित हुन पुगेको कुरा हामी सबै जानकार छौ ।
गैर-आवासीय नेपाली संघ हङ्गकङ्गले नेपाली समुदायहरुलाई सुरक्षित रहन, जनचेतना दिन र सहयोग उपलब्ध गराउन एक हटलाइन (9196 9117) को व्यवस्था गरेको र संघका अध्यक्ष गोकर्ण ढकालको अध्यक्षतामा सम्पूर्ण कार्यसमितिका साथीहरु रहने गरि एक कोभिड १९ सहयोग समिति गठन गरेर विभिन्न समितिका साथीहरुबाट रकम संकलन गरि पहिलो चरणमा २ हजार पिस रेपिड कोभिड टेस्ट किट खरिद गरि आज २६ फेब्रुवरी २०२२ बाट विभिन्न छेत्रमा आबश्यक व्यक्तिहरुलाई निशुल्क वितरण गर्न लागिएको कुरा जानकारी गराउन चाहन्छौ र निम्न छेत्रमा निम्न व्यक्तिहरुलाई सम्पर्क गरि विभिन्न ठाउँबाट प्रति परिवार ४ किटको दरले प्राप्त गर्न सक्नु हुनेछ। हङकङ सरकारको नियम २ जना भन्दा बढि भेला हुन नपाउने भएकोले संघको कार्यलयबाट किट बितरण नहुने पनि जानकारी गराउदछौ।
यदि जो कोही कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहनु भएकाको र संकलन गर्न नसक्नेहरुको हकमा यसै नम्बर वा सम्बन्धित छेत्रका साथीहरुको नम्बरमा आफ्नो नाम र ठेगाना उपलब्ध गराएर ४ सेट किट प्राप्त गर्न सक्नु हुनेछ ।
नोट: २००० पिस मात्र उपलब्ध रहेकोले पहिलो ५०० परिवारलाई मात्र वितरण गर्न सकिने जानकारी अध्यक्ष गोकर्ण ढकालले दिनु भयो।
फेसबुकबाट तपाइको प्रतिक्रिया