वैदेशिक रोजगारमा जाने श्रमिकको पीसीआर परीक्षण निःशुल्क


काठमाडौँ ।
सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निस्शुल्क गर्ने भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै श्रमिकहरुका लागि निस्शुल्क पीसीआर परीक्षण हुने मन्त्रालयले जनाएको छ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया