एनआरएनएको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्ने तथा संरक्षक परिषदलाई जिम्मेवारी दिने परराष्ट्र मन्त्रालयको आदेशविरूद्ध उच्च अदालत पाटनले निवेदकको पक्षमा अन्तरिम आदेश दिएको छ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले दर्ता गराएको मुद्धामा निवेदकको पक्षमा आज फैसला भएको उच्च अदालतको उप–रजिष्टार अमृता शर्माले बताइन्। ‘निवेदकको पक्षमा अन्तरिम आदेश भएको छ,’ उनले भनिन्। आइतबार अदालतले दुवै पक्षलाई झिकाएर बहस पैरवी गरेको थियो।

फौसला आफनो पक्षमा आएपछी अध्यक्ष पन्तले हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक भएको बताउनु भएको छ ।

न्यायाधीसद्धय श्रीमण कुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

फेसबुकबाट तपाइको प्रतिक्रिया