एनआरएनए जापानको १७१३ मेल दुरुपयोग र मतदानमा फर्जीमत लगायतको जापान प्रहरीबाट छानबिन गर्न लागि अव जापान साईवर अपराध प्रहरीमा जाने तयारी

स्रोतका अनुसार अव धर्यताको सिमा रहेन भन्दै तपसिल बुदाहरुको आधार सहित जापान साईवर ब्यूरोमा जाने बताएको छ।
जसमा:
१. एन आर एन ए जापानको छाबिन समितिको प्रतिवेदन।
२.नेपाल पररास्ट्र मन्त्रालयको समय-समय का पत्रहरु।
३.नेपाल साईवर ब्यूरोले जापानका एडिमिन लाई काटेको पत्र।
४.आईसिसिको बैठकका निर्णयहरु।
५.निर्वाचन हुनु भन्दा केहि दिन पहिलेका भ्वाईस रेकर्डहरु।
६.ईमेलमा अनधिकृत पहुच पुर्याई व्यक्तिको प्राईबेसी हनन गरिएको डाटाहरु ।
७.बिबिध:

क.एनआरएनए दर्ता प्रकृया,विधान र प्रत्येक बर्षको अबैध हिसाब किताबहरु ।
ख.कथित कार्यसमितिको धम्किपुर्ण निर्णयहरु कागजहरु ।
ग.सदस्य भेरिफिकेशनमा लापरवाही गरिको प्रमाणहरु ।
घ.भूकम्प लगायतमा उठेको रकमको दुरुपयोग सो रकम हुण्डी गरि व्यक्तिगत प्रयोग गरि अबैध काम गरिएको सम्मको कार्यहरु ।
ङ्. नेपाल फेस्टिबल संचालन गरि करिब एक करोड ५० लाख सम्म भ्रस्टाचार गरेको बिषयहरु ।

उल्लेखित बुदाहरुको आधारलाई उल्लेख गर्दै अन्य थप प्रमाण सहित जापान साईवर ब्यूरोमा निबेदन गरिन लागेको जानकारी प्राफ्त भएको छ । नेपाल साईवर ब्यूरो बाट नेपालको कानुन अनुसार प्रकृया अगाडि बडेको छ भने, जापानमा निवेदन गर्दा जापानकै कानुन अनुसार प्रकृया अगाडि वड्ने हुदा सबैले आआफ्नो स्थानवाट सहयोग गरि सरोकारवाला लाई तथ्य सत्य जानकारी दिन अनुरोध गरेको छ।साईवर ब्यूरोबाट समन्वय भएमा निर्धक्क भएर आफुले जानकारी पाएका धादली का प्रमाण र सदस्य वन्दा वनाउदा प्रयोग भएका जाईरो कार्डको बारेमा स्पस्ट जानकारी दिन अनुरोध गरेको छ।यदि रेमिटान्स बाट पैसा पठाउदा बुझाएका जाईरो कार्ड प्रयोग गरि सम्वन्धित ब्यक्तिलाई जानकारी नै नदिई सदस्य बनाउने व्यक्तिहरु र मतदाता नामावली भएको शंखास्पद व्यक्तिहरु को बिसयमा गहिरो छानबिन हुने र हालै जापान बाट कानुन बिपरित बिभिन्न व्यक्तिहरुको खाता र कम्पनीको खाता प्रयोग गरी सरकारी कर छली गरि हुन्डिबाट पैसाको कारोबार गर्ने हरुको पनि अनुसन्धान हुने भएको हुनाले बिसेशत हुण्डी कारोबार गर्ने हरुलाई पनि असहज हुन सक्ने बताईएको छ।

जापान एन आर एन ए को निर्बाचनमा भएको बेथितिले अनधिकृत व्यक्तिको इमेल परिबर्तन खाताको गैर कानुनि परिचालन साईबर अपराध आर्थिक आपराध एबम बग्रेल्ती गैर कानुनि काम एक पछि अर्को बाहिर आई कारबाही अगी बढ्ने र व्यक्तिको प्राईबेसी भएको अनधिकृत इमेल प्रयोग र सेटिंगहरु को बिसयमा आब जापान प्रहरी ले अनुसन्धान थाल्ने भएको छ भने यस्तो गैर कानुनि काम मा जापानको गन्यमान्य हरुनै संलग्न भई नेपालीहरु को सोषण भई रहेको , नेपाल सरकार र जापान सरकारको आखामा छारो हाली कर नतिरी साधारण कुक ,बिधार्थी , दिपेन्डेन्ट, कामदार हरुको जाईर्यु कार्ड को अनधिकृत गैर कानुनि पर्योग गरि बिधुतिय अपराध गरेको हुनाले आउदा दिनहरुमा स्वच्छ र सफा समाज निर्माण मा योगदान गर्ने जापान प्रहरी साईबर अपराध लगायत सम्बन्धित अन्य निकायमा अनुसन्धान गर्ने जापान बसोबास गर्ने सोझो नेपालीलाई बाध्य बनाईएको बताईएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया