किन ?बारम्बार एनआरएनए जापानमा यस्ता ब्यक्ति हावि हुन्ऱ्छन् ? को हुन् यस्ता दवाव दिने ब्यक्ति?
समस्या समाधान गर्न गठन भएको समिति लाई केहि ब्यक्तिले दवाव दिन शुरु गरेको श्रोत बताउछ।गैह्र आवासिय नेपाली संघ जापानको धादली पुष्टी भएको निर्वाचन र त्यसपछि उत्पन्न भएको समस्याको समाधानको लागि उच्च स्तरिय समिती ले गठन गरेको तदर्थ समितीका संयोजक राजन प्रधानाङ्ग ले आफ्नो समिती लाइ पुर्णता दिएर कार्य अगाडि बढाएको छ।
पाच सदस्यीय समिती को साथमा उपसमिती पनि गठन गरि काम अगाडि बढाएपछि जापान बाट आइसिसी को नेतृत्व गरिरहेका हरुले समितीमा रहेका ब्यक्ती हरुलाइ फोन गरि कसैलाई धम्की त कसैलाइ प्रलोभन देखाइ हटन दबाव दिएको श्रोतले जनाएको छ।
स्मरण रहोस समितीले जापानमा बिग्रिएको नेपाली समाज लाइ एकिकृत गर्दै अगाडि बढने,केन्द्रिय समितीले क्षत्रीय समिती लाइ दिनु पर्ने रकम निकाशा गर्ने र उम्मेद्वार हरुको शुल्क निकाशा गर्ने गरि कामको प्रारम्भ गर्दै सम्पुर्ण जापान बासि नेपाली र यहा कृयाशिल संघ संस्थामा सहयोग गर्न अपिल समेत गरेको छ। समस्या समाधान गर्नु त कता छ कता उल्टो मिल्न नदिनु दु:खद हो।
फेसबुकबाट तपाइको प्रतिक्रिया