एनआरएनए जापानमा प्रधानांगको समितिले काम थाल्यो, जापानबासी नेपालीलाई संस्था जोगाउन अपील (अपिलसहित)

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको तदर्थ समितिको अध्यक्ष राजन प्रधानांगको समितिले काम थालेको छ । एनआरएनए जापानका संस्थापक अध्यक्षसमेत रहेका प्रधानांगको समितिले उच्चस्तरीय समितिले दिएको जिम्मेवारीअनुसार नै काम थालेको हो ।
अध्यक्ष प्रधानांगले जिम्मेवारी समहलेसँगै सम्पूर्ण जापानबासी नेपाली दाजुभाई–दिदिबहिनिहरुमा हार्दिक अपिल गर्दै एनआरएनए जापान प्रबासी नेपालीहरु बिभिन्न कारणले परदेशमा आएर बसोबास गर्न परिरहेको अबस्थामा दोस्रो पुस्ता रु पनि आफ्नो पिता पुर्खाको कर्म भुमि मा जन्मने र हुर्कदै जाने भएको हुनाले उनीहरु समेत लाई हाम्रो नेपाल र नेपालको संस्कृति समाज संस्कार सिकाउदै जानको लागि एउटा साझा संस्थाको आबश्यकता भएको हुनाले स्थापना भएको स्मरण गराएका छन । प्रधानांगले.बिदेशमा हासिल गरेको ज्ञान शिप प्रबिधि लाई आफ्नो मातृभूमिमा हस्तान्तरण गरि आफ्नो मातृभूमि को बिकासमा टेवा पुर्याउनको लागि, बिदेशमा आर्जन गरेको पँुजीले नेपाल र नेपालीको आर्थिक प्रगति गरि नयाँ उद्योग संचालन गरि रोजगारी सिर्जना गर्नका लागि एनआरएनए स्थापना भएको उल्लेख गरेका छन । प्रधानांगले एनआरएनए भनेको गैर राजनीति, गैर धार्मिक र कुनै गुटबन्दीको लागि नभई सबै नेपाली दाजुभाईहरुको मेलमिलापको बनेको संस्था भएको जनाएका छन ।
प्रधानांगले अन्तर्राष्ट्रिय समन्वय परिषद भनेको रास्ट्रिय समन्वय परिषदहरु मिलेर भनेको परिषद भएको, रास्ट्रिय समन्वय परिषद को लेबी बाट अन्तर्राष्ट्रिय समन्वय परिषद संचालन हुने व्यवस्था रहेको, रास्ट्रिय समन्वय परिषद हरुलाई समस्या पर्दा खेरि अन्तर्राष्ट्रिय समन्वय परिषदले अभिभाबक को भूमिका निर्बाह गरि समस्याको समाधान गने उल्लेख गरेका छन ।
यस्तोमा हाल एनआरएनए जापानमा पुर्ब निलम्बित अध्यक्षले अध्यक्षको हैसियतले गरेको असामाजिक क्रियाकलापको बारेमा आईसिसिलाई जानकारी गराई अनुशाशन समितिले असामाजिक कार्य गरेको भन्ने प्रतिबेदन पेश गर्दा पनि त्यस्तो कार्यलाई आईसिसि सदस्यहरुहरु समेतलाई जानकारी नगरी सो प्रतिबेदन लुकाएर अपराधलाई प्रोत्साहन गरेको आरोप लगाएका छन ।
उनले ३० जुलाई २०२१ को एन आर एन एक जापानको निर्बाचन बिबाद सम्बन्धमा केन्द्रको निर्देशन बमोजिम बनेको छानबिन समितिको पारदर्शी प्रतिबेदनलाई बेवास्ता गरि रास्ट्रिय समन्वय परिषद को समस्यालाई बढवा दिएको र रास्ट्रिय समन्वय परिषद जापान अन्तर्गत मिलेर बसेको सबै नेपाली नेपाली बीच आईसिसिले फाटो ल्याएर झगडा गराई बिभाजन गरेको बताएका छन । उनले आइसिसीको यस्तो क्रियाकलापको विरुद्धमा सबै एक भएर संस्था बचाउन अपिल गरेका छन ।

अपिल

श्रीमान देवमान हिराचन ज्यु मिति– २०२२ फेब्रुअरी २२ तारिख
सदस्य –उच्चस्तरीय समिति

श्रीमान भबन भट्ट ज्यु
सदस्य –उच्चस्तरीय समिति

जापानबासि तथा सम्पूर्ण गैर–आबासीय सदस्यहरु,

बिषय –तदर्थ समिति गठन गरिएको,जापान एन आर एन को निर्बाचन एबम केन्द्रिय डेलिगेट्स नामावली पठाउने सम्बन्धमा ❘

महोदय ,

उपरोक्त सम्बन्धमा मिति २०२२ फेब्रुअरी १५ तारिख मा एन आर एन ए उच्चस्तरीय समिति बाट मलाई बिश्वास गरी जापान एन आर एन को तदर्थ समितिको अध्यक्ष नियुक्त गर्नु भएको मा हार्दिक धन्यबाद ज्ञापन गर्दछु❘साथै जापान एन आर एन को २०२१–२०२३ को निर्बाचन संम्पन गर्न,एन आर एन ए जापान बाट आई सिसीमा डेलिगेट्स पठाउने समेत अन्य कार्य संम्पन गर्न निर्णय भई निर्देशन भएकोमा हार्दिक आभार व्यक्त गर्दछु❘

जापान एन आर एन को निर्बाचन र अन्य निर्देशित काम कार्य गर्न को लागि हाल निम्न सदस्यहरु को मनोनयन गरेको छु❘अन्य सदस्यहरुको थपघट एबमं उप समितिहरु समेत गठन गरी पारदर्शी तबरले ताहा बाट निर्णय भई आए को निर्णय र निर्देशन बमोजिम एन आर एन को बिधान २००३ संसोधन २०२१ समेतको अधिनमा रही कार्य सम्पन्न गर्ने जानकारी गर्दछु ❘

१.तदर्थ समिति र उप–समिति गठन समन्धमा –
तदर्थ समितिको सदस्यहरुको नामावली
१. अध्यक्ष– राजन प्रधानाङ्ग
२. डा.केदार शंकर श्रेष्ठ
३. बिजेश थकाली
४. नारायण स्टेभेन्स
५. रमेश बाबु घिमिरे
अन्य आबश्यक सदस्यहरु पछि थपिने छ ❘

२.समन्वय उप–समितिको सदस्यहरुको नामावली
१. संयोजक –बिकाश श्रेष्ठ
२. सदस्य –पेम्बा शेर्पा
अन्य आबश्यक उपसमिति सदस्यहरु पछि थपिने छ ❘

३.तदर्थ समिति ले गर्ने कार्यहरु –
क .२०२१–२०२३ को जापन रास्ट्रिय समन्वय परिषद (एन आर एन ए जापान)को धाधलिरहित निर्बाचन सके जति सक्दो चाडो सम्पन्न गर्ने ❘
ख .जापान एन आर एन ए को सदस्यता इन्फर्मेसन प्रणाली एबम डाटा जापान एन आर एन ए ले आफै बनाउने छ ❘
ग.डेलिगेट्स प्रणाली पनि यहि प्रणालीको आधारमा तयार गरी सम्बन्धित निकायमा पठाईने छ ❘यसरि गरिएको प्रणालीमा सम्पूर्ण गैर आबासिय नेपाली हरुको प्राईबेसी लाई कानुन बमोजिन गोपनियता कायम गरिने छ ❘
घ.अन्य आबस्यक कार्यहरु यथासम्भब चाडै नै सम्पन्न गर्दै जाने जानकारी गर्दछु ❘

बोधार्थ –१.श्री शेष घले –अध्यक्ष, उच्चस्तरीय समिति , एन आर एन ए , आई सिसि
–२.श्री कुमार पन्त –अध्यक्ष एन आर एन आई सिसि
–३.श्री अम्बिका जोशी –कार्य बाहक राजदुत , नेपाल राजदूतावास, टोक्यो
–४.श्री राजेश राणा–ऋभ्इ, एन आर एन ए , आई सिसि , कार्यालय , काठमाडौँ

भवदीय
राजन प्रधानाङ्ग
(सस्थापक अध्यक्ष तथा तदर्थ समितिको अध्यक्ष)

फेसबुकबाट तपाइको प्रतिक्रिया