सर्वोच्च अदालतद्वारा एमसीसीविरुद्धको रिट दरपीठ

काठमाडौँ। एमसीसी सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ ।

अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ गरिदिएको छ ।

सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै उनको रिट दरपीठ भएको हो । सो दरपीठका विरुद्ध भण्डारी निवेदन लिएर पुनः सर्वोच्च जाने तयारी गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया