आयमुलक अभियानमा सहकार्य गर्न जनबिकास सहकारी संस्थाको आह्रान

बेशीशहर । राईनास नपामा अवस्थित जनबिकास सहकारी सस्थाले आफ्नो दिर्घकालीन योजना अनुसार कृषकलाई सिधै उत्पादन र उत्पादनलाई नगदमा परिमार्जन गर्न कृषक सामु बिशेष अवसर ल्याएको छ।
यस सहकार्यमा,दुग्ध बिकास सस्थानको दुग्ध चिस्यान केन्द्र स्थापना भएकोले,राइनासवासी र वरपरका छिमेकिहरुले समेत जतिसुकै दुध पनि नेपाल सरकारले तोकेको मुल्यमा नेपाल सरकार अधिनस्त रहेको यो चिस्यान केन्द्रमा बेच्न सकिने कुरा जानकरि गराउदछछौ भन्दै सहकार्यगर्न आवाहन गरेको छ। कम्तिमा एक घर एक दुहुनो र सकेसम्म सबै इच्छुकलाइ उद्योगमा जोड्ने ,उत्पादनमा अनिवार्य जोड्ने अभियानका साथ संचालन भैरहेको सहकारीका अध्यक्ष पुष्प राज खनाल बताउछन्छ ।

कृषकले दुध चिस्यान केन्द्र सम्म ल्याउन ढुवानिको व्यवस्था ,सहुलियत कर्जा र गाई /भैसि खरिदको लागि सल्लाहा र सुझाव सम्पुर्ण जानकारिको लागि पनि जन विकास जनबिकास सहकारि संस्था तिन्पिप्ले मा सहकारीका अध्यक्ष पुष्प राज खनाल -9851098142 साथै कृषक पहिचान तथा उधमशिलता विकाश उप समितिका सम्योजक-केदार भट्ट-9846660188 संग समन्वय गर्न अपिल गरेको छ ।
सहकारीले कृर्षि र कृषक संग सरोकारमा रहेका बिभिन्न कामको थालनी गर्ने बिभिन्न योजना अघिसार्दै स्वरोजगार अभियान प्रारंभ गर्ने छ भने , आगामि दिनमा कृषक संग जनबिकास सहकारी अभियान थाल्ने बताएको छ ।
यस अभियानमा साथ दिन सम्पुर्ण कृषक तथा सरोकारवाला लाई हार्दिक अपिल गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया