राजन प्रधानाङगको संयोजकत्वमा बन्ने समितिलाई सक्दो सहयोग गर्ने

जापान : ३० जुलाई २०२१ मा सम्पन्न गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको धादलीपुर्ण निर्बाचनको छानबिन कमिटिको स्पष्ट प्रतिवेदन सार्वजनिक भए लगतै नेपाली राजदुतावास टोकियो ,एनआरएनए आईसिसि , परराष्ट्र मन्त्रालय , साईबर ब्युरो हुदै अदालत सम्म पुगेको ब्यहोरा पुन: अवगत गराउदछौं।

आईसिसि को उच्च स्तरीय कमिटिका सदस्य द्धय श्री देवमान हिराचन ज्यु र श्री भवन भट्ट ज्युको पहलमा एन सि सि जापानको बिवाद मिलाउन बनेको कमिटिले हाम्रो कार्यसमिति संग पनि परामर्श लिनु भएकोले,जापानबासी नेपाली समुदायमा अपनत्व र भाईचारालाई सुदृढीकरण गर्दै संस्थालाई संस्थागत रुपमा बिकाश गर्ने र अहिलेको परिस्थिति बाट निकाश दिने कुरामा सहमति हुने जानकारी गराएका थियौं ।

१५ फेब्रुअरीमा पुन: उच्च स्तरीय कमिटिबाट पत्र प्राप्त भएको र उक्त पत्रमा उच्च स्तरीय कमिटि (HLC )का सदस्य ज्यूहरूको निर्णयलाई सम्मान गर्दै श्री राजन प्रधानाङग ज्युको संयोजकत्वमा बन्ने तदर्थ समितिलाई हाम्रो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।

साथै एनआरएनए जापानबाट पुर्ब घोषित कार्यक्रमहरू अर्को निर्णय नआउदा सम्मको लागि केहि समय स्थगित गरेको जानकारी गराउदछौं ।यहाहरूमा पर्न गएको असुबिधा प्रति क्षमायाचना गर्दै नेपाली समुदायमा भईपरी आउने दु:ख सुखमा हाम्रो सदैव साथ रहने ब्यहोरा यहाहरु समक्ष जानकारी गराउदछौ।यस अवधिमा सत्यको पक्षमा सदैव साथ दिनु हुने नागरिक समाज र सरोकारवाला प्रति हामि आभारी छौं।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया