
काठमाडौँ। थप ६ सय ३९ जनामा कोरोना ९कोभिड(१९० संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७४ हजार ४ सय ९४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ५१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १६ सयजना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ४४ हजार ३ सय ३७ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय जना पुगेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया