अज्ञात समूहले गुल्मीको मुसिकोटमा एम्बुलेन्समा आगजनी गरेको छ ।
मुसिकोट नगरपालिका(४ स्थित आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए ।
वडा नम्बर ३ र ४ का भारतीय भूतपूर्व सैनिकले एम्बुलेन्स खरिद गरेर वडा गाउँ स्वास्थ्यचौकीलाई दिएका थिए । एम्बुलेन्सको आधा भाग जलेपछि स्थानीयले आगो नियन्त्रणमा ल्याउन सफल भएका हुन् । वामी प्रहरी चौकी केहीबेरमा घटनास्थल पुग्ने बताइएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया