एनआरएन जापानको निर्वाचनमा भएको धाँधली बारे उच्च स्तरीय समितिको निणर्य पेश (पत्रसहित)

टोकियो । गैरआवासीय नेपाली संघ जापानको विवाद मिलाउने जिम्मेवारी पाएको संघका संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन र भवन भट्टले सुझाव संकलन गरि निर्णय पेश गरेको छ ।
एनआरएनए उच्चस्तरीय समितिले हिराचन र भट्टलाई एनसिसी जापानको विवाद मिलाउने जिम्मा पाएको थिए ।

एनआरएनए सचिवालयबाट कार्यकारी निर्देशक राजेश राणाले लेख्नु भएको पत्रमा भनिएको छ, ‘गत जुलाई ३० मा भएको एनसीसी जापानको चुनावी अनियमितताबाट उत्पन्न विवाद समाधान गर्न दुवै पक्षसँग वार्ता प्रक्रिया अघि बढाउनको लागि श्री देवमान हिराचन र श्री भवन भट्टलाई संयुक्त रूपमा नियुक्त गरिएको थियो ।

यही फेब्रुअरी ७ तारिखमा बसेको उच्चस्तरीय समितिको चौथौ बैठकले कुनै सहमति नभएमा यथाशक्य चाँडो निर्वाचन गराउन पनि अधिकार प्रत्यायोजन गरेको पत्रमा उल्लेख छ ।

एनआरएनए जापानको जुलाई ३० मा भएको निर्वाचनमा प्रविधिको दुरुपयोग गरि १ हजार ७ सय नक्कली मतदाताको प्रयोग गरेर निर्वाचनमा धाँधली गरिएको आरोप छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया