
जापान : गैरआवासीय नेपाली संघ जापानको जुलाई ३० मा भएको धादली पूर्ण निर्बाचन लाइ लिएर एनआरएनए इतिहासमै पहिलोपटक प्रमाण सहित दोषी पत्ता लगाई कारबाही सहित धादली पुस्टि भएको निर्बाचनको रद्ध लगायतको बिषयलाई लिएर बलियो रुपमा प्रस्तुत भएको असन्तुस्ट पक्ष एनआरएनए मुख्यालय देखि पररास्ट्रसम्म पुग्ने अवस्था आयो ।
आफैले गठन गरेको छानबिन समितिले धादली भएको प्रमाण सहित पुस्टि गर्दा पनि भएका गल्ति लाइ सुधारेर लानु साटो अपराध कर्मलाई प्रश्रय दिदै आइसीसी एक पक्षीय रुपमा अगाडी बढे पछि बिषय नेपाल प्रहरी को साइबर ब्युर्यो सम्म पुग्यो। साइबर ब्युर्यो पुगेपछि बल्ल अलिकति तातेको कार्यसमीती ले चर्किदो जापानको विवाद लाइ मिलाउन जापान बाट नै आइसीसी को नेतृत्व गरिसकेका संरक्षक द्वय भबन भट्ट र देवमान हिराचन लाइ जिम्मा दियो ।
अध्यक्ष कुमार पन्त समेत सदस्य रहेको उउच्च स्तरिय समीतिको प्राप्त जिम्मा लाइ आधार मानि देवमान हिराचन ले अनिता गुरुङ र शिब प्रसाद पौडेल लाइ जापानमा एन आर एन ए को कारण बिग्रदो नेपाली समाज र नेपाली बिचको भाइचारा को सम्मान गर्दै अगाडी बढन लिखित रुपमा आफ्नो राय हरु राख्न पत्र पठाएको जानकारी हामीलाई प्राप्त भएको छ ।
जापानबासि हरुको भाइचारा र बिग्रदो एनआरएनए अभियानको सुधारको लागि बिषयहरु उच्च स्तरिय समितिमा अनिता गुरुङले पेश गरेको जानकारी प्राप्त भएको छ । पत्र प्राप्ति पछि एनआरएन जापानकी अध्यक्षले आफ्नो कार्यसमिति लगायत सम्बद्ध पक्ष हरु संग सल्लाह गरि समितिलाइ आफ्नो राय पठाई सकेपनि शिबप्रसाद पौडेलको तर्फबाट भने उच्च स्तरिय समितिको कुनै मान्यता नभएको यसलाई नमान्ने र हामीनै अधिकारिक समिति भएकोले हामि कसैसंग सम्झौता नगर्ने या यस्ता मिल्ने खालको कुरामा हाम्रो कुनै चासो नरहेको भन्दै समाजमा भ्रम माथि भ्रमको खेति गर्दै अगाडी बढेको भन्ने गुनासाहरु आएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया