एनआरएन जापानको धाँधली पुष्टि भएको निर्वाचन र छरिएको भ्रम

नरेन्द्र बस्नेत (दिनेश),
२००४ को फेब्रुअरी १२ मा स्थापना भएको एनआरएनए जापानले आफ्नो स्थापनाकाल देखि हालसम्मको दिनमा आउदै गर्दा संसारभरको एनआरएनए हरुको नेतृत्व गर्ने दुइ अध्यक्ष पाइसकेको छ भने एनआरएनए अभियानमा समेटिएका देशहरु मध्य शक्तिशाली देशहरुमा पर्दछ । देश भुकम्पले क्षतविक्षत भएको बेला होस या कोरोनाले थालिएको अवस्था होस हरेक समस्यामा उत्तिकै अब्बल देखिदै आएको एनआरएनए जापान २०२१ को जुलाई ३० मा सम्पन्न भएको निर्बाचन पश्चात ऐतिहासिक रुपमा दुर्गन्दित भएको मात्रै हैन यसले समग्र एनआरएनएलाइ नै धरापमा पारेको पछिल्लो अवस्थाले पुस्टि गर्दै गएको छ ।

दुर्घटनाको जड धादलीपूर्ण भनेर पुस्टि भएको निर्बाचन र आइसिसिको दोहोरो चरित्र………

सामान्यत निर्बाचनिय प्रणालीलाइ हेर्दा अधिकांश जित्नेले केहि न केहि तिकडम गरेको र हार्नेले धाधली भए पनि नभएपनि असन्तुस्टी देखाएको देखिन्छ र केहि समय संगै यो सेलाउदै गएको पाइन्छ जुन अघिल्लो बर्ष संसारको शक्तिशाली देश भनिएको अमेरिकाको निर्बाचनले पनि देखाएको छ। यस्तो संस्कार बाट गुज्रित हाम्रो समाजमा निरन्तर छलकपट गरि अगाडी बढ्दै आएको एनआरएनएमा गलत भएकोले सजायको भागिदार हुन्छन र नेतृत्वले त्यसलाई सुधारेर अगाडी बढ्छ भनि यो अभियानमा लागेकाहरु कल्पनानै गर्न सक्दैनन।

हामि नेपालीहरु यति धेरै मनकारी छौ कि आफ्नै अगाडी भएको गलत कुराहरु छरपस्ट हुदा पनि सामाजिक काम हो एकपटक लाइ गल्ति गर्यो छोडीदिउ अर्को पटक सुधारेर अगाडी बढौला भनि कमजोर मनस्थिति राखी छोड्छौ तर गलत गर्नेलाई यस्तो कुराले अर्को पटक सुधारेर अगाडी बढ्नु भन्दा पनि दुइ चार दिन कराउछन आफै हाराउछन भन्ने सोचले मनोबल बढाउदै फेरी त्यहि गलत कुकर्म गरि पद हत्याउने प्रपन्चमा लाग्न प्रेरित गरिरहेको हुन्छ । समय सधै एकै नास हुदैन भनेजस्तै लामो समय गलत कर्म गर्दै जनमतको अपमान गरि नेतृत्व परिबर्तनको चाबी आफ्नो हातमा भएको दाबि गर्ने एनआरएन जापानका धमिराहरूलाइ यो पटकको जुलाई ३० मा भएको एनआरएन जापानको निर्बाचन र त्यसपछि बिकसित भएको असन्तुस्ट पक्षले संस्था सुधारको लागि लिएको चट्टानी अडान र तथ्यगत आधारमा गरेको कार्यले समग्र एनआरएनए अभियानलाई नै हल्लाएर राखेको छ।

एनआरएन जापानको धादली पुस्टि भएको निर्बाचन र त्यसपछि छरिएको भ्रम
गैरआवासीय नेपाली संघ जापानको अनलाइन प्रबिधिबाट जुलाइ ३० मा भएको निर्बाचन धादली पूर्ण भएको भनि असन्तुस्ट पक्षले तथ्य प्रमाण सहित विवरण प्रस्तुत गरेपछि उत्पन्न बिबादलाइ समाधान गर्न संस्थापक अध्यक्ष राजन प्रधानांगको संयोजकत्वमा निर्वाचन छानबिन समिति गठन गरियो । समितिद्वारा प्रकाशित २९२ पृष्ठ लामो प्रतिवेदनमा एनआरएनए जापानको सदस्यता नरहेका हरुद्वारा ६० वटा ग्रुप मेल तयार गरी २ हजार ९ सय ४ मत अनधिकृत रूपमा मतदान प्रक्रियामा राखिएको तथ्य भेटिएको उल्लेख गरेको छ । सिस्टम लग अनुसार १७१३ सदस्यहरुको जानकारी विना नै इमेल परिवर्तन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
कुल ७ हजार ७ सय ५७ मत खसेकोमा ग्रुप मेलबाट २,९०४ र सिंगल इमेल दर्ता भएकाबाट ४,८५३ मत खसेको प्रतिवेदन सार्वजनिक भएको थियो ।प्रतिवेदनमा उल्लेख भएअनुसार ६० वटा ग्रुप मेलबाट २ वटा देखि ४९६ सम्म मत राखिएको छ । निष्पक्ष निर्वाचन र मतदाताको मताधिकार विपरित ६० वटा ग्रुप मेल बनाई निर्वाचनको परिणामलाई प्रभावित परेको स्पष्ट हुने र यसरी तयार पारिएका मेलबाट २,९७० मतदाताको सदस्यता बनाईएको त्यसमध्ये ९८ प्रतिशत मतदान गरिएको पाइएको छ ।

छानबिन समितिले आफ्नो निश्कर्षमा ‘यस्ता ग्रुप इमेलहरु प्रयोग गरी धेरै भन्दा धेरै सदस्यहरुको भोटिङ लिंक एउटै इमेलमा प्राप्त गरी खसालिएको २,९०४ मत स्वच्छ र निष्पक्ष निर्वाचनको भावना विपरित भएको देखिन्छ ।’ प्रतिवेदनका अनुसार एमआइएस प्रणालीमा पहुँच भएका केहि व्यक्तिले इमेलहरुपनि प्लस (+) र डट (.) प्रयोग गरेर समूहगत ईमेलहरुको प्रकृतिमा नै परिवर्तन गरेको देखिएको छ।

ईभोटिङको क्रममा अनियमितता भएको प्रमाण समितिले भेटाएको संयोजक प्रधानांगले बताएका थिए। ‘सबैको एउटा इमेल आएजस्तो देखिने तर, भोट जाँदा धेरैजसो सदस्य र दर्ता नभएका इमेलमा धेरै भोट खसेको देखिएको छानबिन समितिले प्रस्ट पार्यो। यति हुने बित्तिकै आइसिसिको नेतृत्वले आफ्ना हजारौ सदस्यहरुको व्यक्तिगत विवरणको चरम दुरुपयोग गर्नेलाई तत्काल कारबाही गरि धादली पूर्ण निर्बाचन रद्द गराएर नया निष्पक्ष नेतृत्व चयनको प्रकृयामा गएको भए यो समस्याले यति बिकराल रुप लिने नै थिएन तर आफै राजनीतिक घेराबन्दीबाट परिचालित नेतृत्वले आफैले गठन गरेको छानबिनको रिपोर्टको मर्म लाइ बुझ्न नसकी राजनीतिक रंग दिएर निरन्तर त्यसलाई निस्तेज पार्न विभिन्न प्रपन्चहरु गरिनै रहयो। जसको परिणाम जापानमा मिलेर बसेको नेपाली समुदायहरु बिचको भाइचारा खलबलिनु मात्रै नभएर संस्थानै ऐतिहासिक दुर्गंद्को चपेटामा फस्यो।

पद भन्दा पद्दतिको बिकाश गर्नु पर्छ गलत गलत नै हुन्छ त्यसलाइ कारबाहीको दायरामा ल्याएन भने कालान्तरमा त्यसले नया पिढीलाई झन् ठुलो खाडलमा धकेल्न सक्छ।खारिएको अनुभब, दरिलो टिम र निष्पक्ष निडर र इमान्दार असन्तुस्ट पक्षको समुहले एनआरएनएको मुख्यालयसम्म पुगेर अध्यक्ष कुमार पन्त र नेतृत्व लाइ दबाब दिए पनि नेतृत्वले आलटाल गर्दै झन् झन् घटनालाइ गिजोल्दै गयो जसको परिणाम मुद्दा पररास्ट्र हुदै अदालत र ऐले साइबर ब्युरो सम्म पुग्यो। हरेक ठाउमा गल्तिको ढाकछोप गर्दै आएको नेतृत्वले मुद्दा साइबर ब्युरोमा पुगेपछि मात्रै आफ्नो दम्भ र मुर्ख्याईले संस्था तहसनहस हुन लागेको र लामो समय देखि हुन नसकेको निर्बाचनको प्रमुख कारण मध्यको एक जापान घटना भएको महसुस गरि जापानमा भएको धादली पूर्ण निर्बाचनको बिषयमा जापानमा देखिएको दुवै समिति र सरोकारवाला हरुसँग छलफल गर्ने र सहमतीय वातावरण नभएमा पुन निर्वाचन गराउने र त्यो पनि नभए निर्बाचन खारेजी मात्रै नभएर दुइ बर्षको लागि एनआरएन जापान खारेज समेत गर्न सक्ने गरि संरक्षकद्वय देवमान हिराचन र भबन भट्टलाइ अख्तियारी दिइयो। अर्कोतिर केहि गलत तत्वहरुले ऐले उठिरहेका बिषयहरु पहिला नै थाहा थियो किन चुप लागेर बसियो,एक जना उम्मेदवारले चुनाब अगाडी नै चुनाब सारौ भन्दा कसैले मानेनन् सबै चुप लागेर जित्ने भ्रम पालेर बसे ऐले आएर हार स्वीकार गर्न किन नसकेको ? भन्ने कुरामा उम्मेदवारहरु प्रति धेरैलाइ भ्रम छरिएको अवस्था छ ।

म लगायत अन्य उम्मेदवार सबै चुप लागेर जित्ने भ्रम पालेर बसे ऐले आएर हार स्वीकार गर्न किन नसकेको भन्ने कुरामा धेरैले वास्तविकता नबुझी कन टिप्पणी गरिरहनु भएको छ । यथार्थ के हो त ?
जुलाई २५ ओसाकामा भएको अधिबेशनको अघिल्लो दिन आइसिसि कोषाध्यक्ष सहित बसेको कार्यसमितिको बैठकमा जसरि हुन्छ जुलाई भित्र निर्बाचन हुने वातावरण मिलाइदिनुस नत्र एनआरएन जापान नै खारेज हुन्छ यदि निर्बाचन गर्न सबैको सहयोग रहेमा केहि समय अगाडी बाट नै चर्चामा रहेको १७०० मेल र व्यक्तिगत विवरण चोरी लगायतको जति पनि दोषीहरु छन सबैलाई तत्काल कारबाही गरेर अगाडी बढिनेछ भन्ने प्रत्याभूति दिलाएको अवस्थामा जुलाई ३० को निर्बाचन भएको हो। यो पृष्ठ भूमिमा निर्बाचन भयो तत्पश्चात जुन किसिमले धादली पुस्टि भएर आउदा पनि आइसिसिको जिम्मेवार निकायले कबुल गरे अनुरुप दोषीलाइ कारबाही गर्न इमान्दारिता देखाएनन । यहाको नेपाली समाज मिलाउने बिषयमा ,उल्टै यिनीहरु दुवै तिर उक्साउदै गैरजिम्मेवार भएर निक्लिए ।

जुलाई भित्रमा निर्बाचन नगरेमा आइसीसी महासचिब लगायतले एनसिसि खारेज हुन्छ भनेर अल्टिमेटम दिएको अवस्था थियो। यस्तो संक्रमणकालिन अवस्थामा उम्मेदवारको हिसाबले तत्काल पब्लिकको सहानुभूति लिन निर्बाचन बहिस्कार गर्न सकिन्थ्यो होला तर अभियानको गहिराइमा लागेर उम्मेदवारी दिदै गर्दा यदि हामीले निर्बाचन बहिस्कार गरेर जुलाई भित्रमा निर्बाचन हुन नसकेको अवस्थामा एनआरएन जापान नै खारेज हुन्छ भन्ने अल्टिमेटम हुदा हुदै त्यो कदम चाल्ने कुरा पक्कै पनि ठिक थिएन । यदि चालेर कथंकदाचित जुलाई भित्र निर्बाचन हुन नसकेको भए र परिणाम एनआरएन जापान खारेज भएको भए त्यसको दोष पनि तिनै उम्मेदवार हरुलाई जाने थियो र त्यसले कालान्तरमा पछुतो सिबाय केहि दिने थिएन।
आइसिसिको छानबिन समितिले नै धाधली भएको भनेर पुस्टि गर्दा समेत अपराध कर्म गरेर पद प्राप्ति लाइ आफ्नो संस्कार सम्झिएकाहरुले अर्को पक्षका साथीहरुसंग बसेर भएका कमि कमजोरीहरुलाई आत्मालोचना गरि समाधान गर्नुको साटो आफुले आफैलाई भयङ्कर नै आदर्श देखाउने दुस्साहस गरिराखे । यसले त्यो दुर्घन्धित समितिमा निर्बिरोध भएका र केहि निस्वार्थ व्यक्तिहरुलाई निल्नु न ओकल्नु बनाए पनि बाध्यता ले होला उनीहरु पनि तिनै अपराधका नाइकेहरुको पछि पछि लाग्न बिबस भएको स्थिति देखिएको छ भने यस्तै गतिविधिले समस्यालाई झन् झन् लम्ब्याउदै गएको देखिन्छ।

यो पटक प्रमाण सहित सम्पूर्ण कुरा पुस्टि भएकोले यसलाई सफाया गर्ने सबैभन्दा उपयुक्त समय हो भनेर हामि यो कठिन लडाइमा कटिबद्ध भएका छौ। पदिय लोलुपतामा पर्ने हाम्रो स्वभाब भएको भए सायदै यो कठिन यात्रा यस्तो परिस्थिति आउन्जेल सम्म पनि यसरि अगाडी पक्कै बढ्ने थिएन। पद भन्दा माथि नैतिकता हुन्छ भन्ने कुरामा हामी राम्रो हेक्का राख्दछौ।हुन त कुनै पनि कुरा नबुझ्ने लाइ बुझाउन जति सजिलो हुन्छ बुझेर बुझ पचाउने हरुलाई लगभग असम्भब जस्तै हुन्छ।अभियानको सुन्दरता निस्पक्षता र प्रबिधि मैत्री एनआरएनएको कुरा गरेर नथाक्ने युवा हरु यस्तो दुर्घन्दमा पनि चारतिर रुवाबासी अनुनय बिनय गर्दै मनोनयन मा रौसिएको र त्यसरी परेपछि संसार नै कायापलट गर्छु जस्तै गरेर अपराध लाइ मलजल गर्न तल्लिन भएको लाजमर्दो परिदृश्य देख्दा जसरि भएपनि पद पाउनु पर्छ भन्ने घृणित सोच भएका हरुप्रति दुख लागेर आउछ ।

यहाँ गलत सबैले गरेका छन् भन्ने हैन तर सामाजिक काममा यस्तो कुसंस्कार निरन्तर चलि रहे पनि यो पटक छताछुल्ल भयो र म लगायत केहि साथीहरु प्रमाण को आधारमा यसलाई सुधार्नु पर्छ भनेर लाग्दा कुसंस्कार मा रमाउन पल्केका संस्थामा अपराधीकरण को मलजल गरि ब्यापारिक थलो बनाउन तल्लिन गिरोह हरुलाई असहय भएको स्थिति देखिएको छ ।

जापानबाट आइसीसीमा नेतृत्व गर्ने आइसीसी कोषाध्यक्ष ,एसिया प्यासिफिक संयोजक ,उपसंयोजक लगायत अन्य आइसीसी सदस्यहरु धेरै जिम्मेवार निकायहरु हुदा हुदै गलत भएको पुस्टि भएको कुरामा सबै जानकार रहदा रहदै पनि दबाएर पेलेर अगाडी बढाउन खोज्दा आज संस्था दुर्घटनाको घडीमा पुगेको छ।दुइ ओटा कार्यसमिति देखिएर परिस्थिति नियन्त्रण भन्दा बाहिर जाने जस्तो देखिए पछि बल्ल बल्ल पुर्ब अध्यक्ष तथा संरक्षक द्वय देवमान हिराचन र भबन भट्टलाइ पूर्ण अधिकार सहित समस्या समाधानको अख्तियारी दिएर हिराचनले दुवै पक्ष लाइ मिलाएर अगाडी बढाउने दोषी लाइ कारबाही को प्रक्रियामा ल्याउने गरि छलफल अगाडी बढाएको अवस्थामा संस्थापन पक्षका जिम्मेवार निकाय हरुले त्यो समितिले केहि गर्न नसक्ने भएकोले तिनीहरुको कुरामा नलाग्न र नमिल्न भन्दै भ्रामक रुपमा गलत तरिकाले निर्देश गरिरहेको कुराले लामो समय देखि अल्झन मा परेर समाधानको नजिक पुग्न लागेको एनआरएन जापान पुन गम्भीर दुर्घटनाको संघारमा जाने हो कि भनेर जापान बासि नेपाली हरु चिन्तित भएको अवस्था छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: