काठमाडौँ। नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे कुनै जानकारी नभएको बताउनुभएको छ ।
पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले महाअभियोगबारे सत्ता पक्षले एमालेसँग कुनै छलफल नगरेको बताउनुभयो । महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सत्ता पक्षले हामीसँग सल्लाह गरेको छैन, आफ्नै ढंगले काम गर्छ । भयो (महाअभियोग दर्ता भयो) भन्ने भर्खर थाहा पायौं’ । छलफल गर्छौं । सांसदहरु प्रदेशहरूको कार्यक्रममा छन् । सबैलाई खबर गरिसकेका छौं ।’
फेसबुकबाट तपाइको प्रतिक्रिया