बेशीशहर । लमजुङमा नेकपा एमालेले आफ्नो सक्रियता दिन प्रतिदिन बलियो र अव जनमुखि बनाउदै लगेको छ । लमजुङ कम्युनिस्टको लाल किल्लाको रुपमा स्थापित भै सकेको छ,नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको पहिलो पुर्ण बैठक पर्यटकीय अत्यन्त रमणीय घले गाउँमा महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका उप-महासचिव कमरेड पृथ्वीसुब्बा गुरुङको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिमा केन्द्रीय सचिब एबम प्रदेश ईन्चार्ज पद्मा अर्याल ,पोलिटब्युरो सदस्यहरु कमरेड जगत बिश्वकर्मा र कमरेड मना केसी ,केन्द्रीय सदस्य कमरेडहरु मायानाथ अधिकारी , टुका हमाल ,जमिन्द्र घले, प्रदेश अध्यक्ष ,उपाध्यक्ष र सचिव अनि प्रदेश कमिटीका सदस्य कमरेडहरु लगायतको बिशेष आतित्थ्यता रहेको थियोे ।
बैठकका सबै निर्णयहरु कार्यन्वयन गरि सकारात्मक परिणाम निकाल्न हामी सबै लागौ । बैठकले पार्टी प्रबेश गर्ने सुजन अधिकारीलाई हार्दिक स्वागत एबम धन्यवाद ब्यक्त गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया